दुई महिने प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चीनमा आयोजना हुने १९ औँ एशियाली खेलकुदको तयारी स्वरुप नेपालको टेबलटेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा नेपालको २९ खेलमध्ये टेबल टेनिसको टोलीले पनि चुनौति प्रश्तुत गर्दैछन् ।

सोही एशियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो । महिला र पुरुषतर्पm नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९ औं एसियाडका लागि तयारी गर्दैछन् । महिलातर्पmमा नविना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन् ।

यी खेलाडी एसियाडमा सात विधामा नेपालको तर्पmबाट चुनौती प्रश्तुत गर्नेछन् । भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले शुक्रवार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए । नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या साक्य तथा टिम म्यानेजर धर्ममान वज्राचार्य छन् ।

सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एशियन युथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने टोली टोलीको बिदाइ गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्टतर्फ प्रतिष्पर्धा गर्ने राष्ट्रिय टोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन् ।

पुरुषमा पूजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । मोहनदास बासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोही कार्यक्रममको अवसरमा बिदाई गरिएको थियो ।

शुक्रवार नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रुपैयाँले सम्मान गरिएको थियो । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु–१९ ब्वाइज टिममा एक स्वर्ण, एक यु–१५ गल्र्स डबल्समा रजत र अन्य विधामा ६ कास्य पदक जितेका थिए । उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?