‘भानु कविता महोत्सव’ पुस्तक विमोचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भानु कविता महोत्सव पुस्तक विमोचन गरिएको छ । २१०औं भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले ‘भानु कविता महोत्सव’को पुस्तक विमोचन गरेको हो । यस्तै सो अवसरमा रेडियो अन्नपूर्ण नेपालले आयोजना गरेको जलवायु परिवर्तन विशेष भानु जयन्ती महोत्सव कविता वाचन कार्यक्रमका सर्वोत्कृष्ट कवि संयोग बस्याललाई एक लाख पुरस्कार गरिएको थियो ।

प्रतियोगितामा उपविजेता भएका कल्पना भट्टराई र सुशीला शर्मा धमलालाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो । उनीहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कवितावाचन कार्यक्रमको निर्णायकमा डा.बमबहादुर जिताली, डा.मित्रबन्धु पौडेल, प्रभा भट्टराई आचार्य र भीष्म उप्रेती रहनुभएको थियो । कार्यक्रममा भानु कविता महोत्सवमा सहभागीको कविता संकलन गरी तयार पारिएको पुस्तक ‘भानु कविता महोत्सव’ लोकार्पणसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?