सिटी एक्सप्रेसको ब्राण्ड एम्बेसडरमा जितु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १७औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले ब्राण्ड एम्बेसडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जितु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जितु नेपालले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले रक्तदान गर्नुहोस्, जीवन दान पाउनुहोस् भन्ने मूल नाराका साथमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?