स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत बेलायत आइपुग्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार उहाँ एक निजी भ्रमणका शिलशिलामा लण्डन आउनुभएको हो ।

शुक्रबार साँझ लन्डन आइपुग्नुभएका उहाँलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गर्नुभएको थियो । निजी भ्रमणमै आउनुभएका भए पनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरूको भ्रमण गर्ने पनि कार्यक्रम छ ।

त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उहाँको सम्मानमा आइतबार (आज) बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?