सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षतामा आइबार सिन्धुलीमाडीमा भव्य कार्यक्रम गरेर घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेले सिन्धुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको उद्घोष गर्नुभयो । खोप समन्वय समितिका संयोजक लामा र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उहाँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

जिल्लाका नौैैै वटै पालिकामा लक्षित उमेर समुहका (१६ महिनादेखि ५९ महिनासम्मका) १४ हजार ३९२ जना बालबालिकाहरुलाई प्राणघातक रोगहरुबाट बचाउन राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका खोपहरु लगाई सकेकाले घोषणा गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले बताउनुभयो ।

स्थानीय श्रोत उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित घोषणा कार्यक्रममा स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गरि हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएका सुनिश्चितता गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।

जिल्लाका नौ वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लगायत सम्बन्धित सरोकारवालाहरुले जिल्लाका सबै बालबालिकाहरुलाई प्राणघातक रोगहरुबाट बचाउन राष्ट्रिय खोप तालिकाअनुसार सबै खोपहरु समयमै पुरा गराउने छौँ, खोप सेवाबाट बालबालिकालाई बन्चित हुन दिने छैनौँ भन्ने प्रतिवद्धतासहित हस्ताक्षर गरेका थिए । साथै कार्यक्रममा खोप अनिर्वाय लगाउन प्रेरित गर्ने उद्देश्यले जनचेतनामुलक नाटक समेत देखाइएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?