सिन्धुलीमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक जना गम्भीर घाइते

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ भन्दा तीन घुम्ति माथि बिपी राजमार्गमा आइतबार विहान कार दुर्घटना हो ।

काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा.८.च ९१३५ नम्बरको रातो ग्रेटवाल कार दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्युहुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाई रहनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गम्भिर घाइते अवस्थामा रहनुभएका एक पुरुषलाई उपचारको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

आफैँ अनियन्त्रित भएर सडकबाट बायाँतर्फ २० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धारको लागि आवश्यक प्रक्रिया पुरा गरिरहेको प्रहरी नायव उपरिक्षक दाहालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?