गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तामाङको निधन

हिमालय टाइम्स
Read Time = 1 min

-नवराज शिवाकोटी
दोलखा । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ ।

हृदयाघातको कारण तामाङको आइतवार काठमाडौमा निधन भएको हो । तीन दिनअघि तामाङको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उचारका लागि भर्ना गरिएको थियो ।

उपाध्यक्ष तामाङ नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत हुनुहुन्छ । गौरिशंकर गाउँपालिका वडा नम्बर छ का स्थायी बासिन्दा तामाङको उपचारका क्रममा गंगालाल हृयरोग केन्द्रमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तामाङ स्वच्छ छविका काँग्रेस नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

यसैविच जिल्ला समन्वय समिति दोलखा, नेपाली काँग्रेस दोलखा लगायतले तामाङको निधनप्रति शोक ब्यक्त गर्दै शोक बक्तब्य निकालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?