बोटका स्मार्टवाच र ब्लुटुथ स्पिकर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भारतको नम्बर १ वायरलेस हियरेबल ब्राण्ड बोटको दुई मोडलका स्मार्टवाच र ब्लुटुथ स्पिकर नेपाली बजार भित्रिएका छन् । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडलका स्मार्टवाच ल्याएको हो । स्टोन १९० ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आइपिएक्स ७ रेटिङ पाएको छ । बोक्न हलुका यो स्पिकरमा कम्पनीले आठ सय एमएएच ब्याट्री समावेश गरेको छ । फुल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एकपटकको चार्जमा चार घण्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ । स्पिकर कन्ट्रोल गर्न विभिन्न तीन बटन उपलब्ध छन् । पाँच वाट रेटेड पावर भएको स्पिकरको मूल्य दुई हजार छ सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, ब्लुटुथ कलिङ सुविधा भएको स्टोर्म कल स्मार्टवाचमा आवश्यकताअनुसार नम्बर डायल गरी कल गर्न सकिन्छ । फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ । कल हिस्ट्रीमा १० वटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । स्मार्टवाचमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ भने मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ । एक सय ५० भन्दा बढी वाच फेस भएको स्मार्टवाचको तौल ४५ ग्राम छ । नशामा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधासमेत रहेका छन् । दुई सय २० एमएएच ब्याट्री भएको स्मार्टवाच एकपटकको फुल चार्जमा सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । मूल्य भने चार हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, वेभ बिट स्मार्टवाच फिटनेस ट्र्याकर स्मार्टवाच हो । जसमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ । मल्टिपल एक्टिभ स्पोर्ट मोडअन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा बास्केटबल मोड राखेको छ । सयभन्दा बढी वाच फेस भएको स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ । यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्ने सुविधा पनि रहेका छन् ।

दुई सय २० एमएएच ब्याट्री रहेको स्मार्टवाच एकपटकको फुल चार्जमा १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसको मूल्य भने तीन हजार चार सय ९९ रुपैयाँ रहेको छ । कम्पनीले विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत पहिलोपटक उल्लेखित प्रोडक्ट खरिद गर्ने ३३ जनाले स्टोन १९० स्पिकर मात्र एक हजार नौ सय ९९, वेभ बिट स्मार्टवाच दुई हजार नौ सय ९९ र स्टोर्म कल स्मार्टवाच तीन हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?