गायिका मिलन नेवारको ‘एक कदम’मा स्मारिका र प्राञ्जल (भिडियोसहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको एक कदम बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द, संगीतकार येदिन गजमेरको संगीत रहेको सार्वजनिक गीतमा गायक अनुप र गायिका मिलन गज्जबसँग खुलेका छन् ।

विगत २ दशकदेखि गीतको संगीतको क्षेत्रमा सक्रिय गायक अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको एक कदममा पछिल्लो समयकी चर्चित मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ ।

एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजीएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।

रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

भिडियो 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?