झापा इनर्जीले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झापा इनर्जीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले छ लाख ६६ हजार छ सय कित्ता सेयर निष्कासन गर्न सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमबीच कम्पनीले सिभिल क्यापिटल मार्केटलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा झापा इनर्जीका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केटका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिति थियो । कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले जानकारी दिनुभएको छ । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ भने यसै वर्षको असोजमा सञ्चालनमा आउने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल लागत ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । आयोजनाका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साबिक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?