‘धर्मराज-सावित्री लोकसंस्कृति-साहित्य पुरस्कार’ प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनकविकेशरी धर्मराज थापा र उहाँकी जीवनसंगिनीका नाममा स्थापित ‘धर्मराज-सावित्री लोकसंस्कृति-साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको छ । शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका ग्वंगलाई भक्तपुरस्थित उनको निवासमै पुगेर पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, ‘धर्मराज-सावित्री लोकगीत संगीत पुरस्कार’ लोकगायकद्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई सोमबार एक कार्यक्रमबीच प्रदान गरिएको छ ।

कास्कीको पोखरास्थित बाटुलेचौरमा विसं १९८० साउन १ गते जन्मिनुभएका थापाको ०७१ असोज २८ गते निधन भएको थियो । ०८० साउन १ गते उहाँ जन्मेको १०० वर्ष पुगेको अवसरमा देश-विदेशमा काव्य गोष्ठी, थापाका लोकगीतको प्रचारप्रसार र उनका अनुसन्धानमूलक कृतिको संरक्षण गर्नुका साथै लोक-स्रष्टालाई सम्मान गर्नेलगायत कार्यक्रम गरिने मदनराज थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?