‘प्रोजेक्ट के’ ले सार्वजनिक गरयो दीपिका पादुकोणको फस्ट लुक

हिमालय टाइम्स
Read Time = 2 mins

मुम्बई । प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो ।

योसँगै निर्माताहरूले नाग अश्विनको एपिक साइंस फिक्शन फिल्मबाट दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन्। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि महत्वपूर्ण भूमिका छ ।

यसअघि निर्माण पक्षले सोमबार साँझ ५ बजे पोस्टर रिलिज गर्ने घोषणा गरेको थियो तर ढिलाइ भएको थियो । तर, राति अबेर फिल्मको पोस्टर रिलिज गर्दै दीपिका पादुकोणको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको हो ।

‘प्रोजेक्ट के’ बाट दीपिका पादुकोणको फर्स्ट लुक पोस्टर वैजयन्ती मुभिजको आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गरिएको छ। पोस्टरमा दीपिका पादुकोणको इन्टेन्स लुक देख्न सकिन्छ र उनी केही हेरिरहेकी देखिन्छिन् । पोस्टरमा दीपिकाको आउटफिट केही र्याग टाइपको देखिन्छ । योसँगै क्याप्सनमा लेखिएको छ, ‘अब राम्रो भोलिको आशा जाग्यो ।

प्रभास, नाग अश्विन र कमल हासनसँग दीपिकाको यो पहिलो सहकार्य हो । यसअघि उनले अमिताभ बच्चनसँग काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?