जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर। मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त  ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार २५ रुपैंया र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?