त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो ।श्रोतका अनुसार चीनबाट कार्गो गरि ल्याइएका कारको पार्ट्समा सुन लुकाइएको थियो ।
यो विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरिएको छ।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ समेत गरेको छ । यो अपरेसन आज बिहान ११ बजेतिरको हो ।

दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?