लागूऔषध सहित दुई जना पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बस्ने २२ बर्षिय समित मास्के मगर र २५ बर्षिय अनिल दर्जी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर ५ वाईपासमा चेकजांच गर्ने क्रममा महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु १६ प १६०८ नम्बरको स्कुटीलाई रोकेर चेकजाच गर्दा लागु औषध सेवन गरेका उनीहरुलाई तलासी लिँदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्तीबाट प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी दुबै जनालाई बुधबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?