आरोपीको निवेदनमा आज फैसला सुनाउँदै सर्वोच्च

Read Time = 2 mins

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।

यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा बिहीबार नै बहस सकिएको थियो ।

बिहीबार सुरुमा सरकारी पक्षबाट बहस भएको थियो। त्यसपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए।

बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सुशील पन्त, उपेन्द्रकेशरी न्यौपाने र राधेश्याम अधिकारीले जवाफी बहस गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?