बेनिघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

Read Time = 1 min

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका– ३ स्थित मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक पर्साका २५ वर्षीय कृष्ण श्रीवास्तवको मृत्यु भएको हो ।

श्रीवास्तवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु प्रसाद जैसवारले जानकारी दिनुभयो ।

यस्तै मोटरसाइकलको पछाडि सवार महिला समान्य घाइते भएको उनको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?