रोनाल्डोको टोलीको लगातार हार

Read Time = 3 mins

रियाद । साउदी क्लब अल नासरले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध लगातार दोस्रो खेलमा फराकिलो हार व्यहोरेको छ । पोर्चुगलको बेन्फिकाले अल नासरलाई ४-१ ले पराजित गरेको हो । त्यसअघि अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को हार व्यहोरेको थियो ।

क्रिस्टियानो रोनाल्डोले खेलमा ८४ मिनेट बिताउनु भए पनि गोल गर्न सक्नुभएन । बेन्फिकाका लागि भने अर्जेन्टिनी विंगर एञ्जल डी मारियाले पहिलो गोल गर्नुभएको थियो । यस्तै गोन्कालो रामोसले दुई गोल गर्नुभयो ।

डी मारियाले खेलको २३औं मिनेटमा गोल गर्दै बेन्फिकालाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि रामोसले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै बेन्फिकालाई जित नजिक पुर्‍याउनुभयो । ४२औं मिनेटमा साउदी टोलीका लागि सुल्तान अल घानमले एक गोल फर्काउनुभयो । दोस्रो हाफमा बेन्फिकाका आन्द्रिएस सेल्देरूपले गोल गर्दै टोलीलाई जित दिलाउनुभयो ।

यसअघि भएको खेलमा अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को फराकिलो हार बेहोरेको थियो । त्यस खेलमा पनि रोनाल्डोले सुरुदेखि नै खेलेको खेलमा अल नासरको प्रदर्शन बिर्सन लायक रहृयो । क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचले पनि यसै खेलमार्फत अल नासरबाट डेब्यु गर्नुभएको थियो । पहिलो हाफ अल नासरले खेल बराबरीमा रोके पनि दोस्रो हाफमा भने सेल्टा पूर्ण रूपमा हावी रहृयो ।

सेल्टाका लागि गेल जन्सनले सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि मिगेल रोड्रिग्वेज र जोर्गेन लार्सनले दुई-दुई गोल थप्दै टोलीलाई फराकिलो जित दिलाउनुभएको थियो । अल नासरले अब प्रि-सिजनमा पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?