सिंजाको नराकोटमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर संचालन

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय केन्द्र नराकोटमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर संचालनमा आएपछि यहाँका नागरिकलाई राहत मिलेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सिंजा गाउँपालिकाको प्रशासनिक भवनबाट बैंकको काउण्टर स्थापना गरि सेवाप्रवाह शुक्रबारदेखि सुचारु भएको राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखा सहायक प्रबन्धक भवानी प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

बैंकको सिंजा काउण्टरले विशेषगरी हिमा, सिजा, कनकासुन्दरी र तिला गाउँपालिकाका नागरिकलाई सेवालिन सहज हुने भएको छ । छिमेकी जिल्ला मुगु, कालिकोटदेखि बाजुरा जिल्ला सिमा क्षेत्रका नागरिकले राजस्व, पेन्सन देखि अन्य बैङकिङ सेवा लिनका लागि सिंजामै राष्ट्रिय वाणिज्य बैंकको काउण्टर शाखा विस्तार गरिने गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

नौ महिनाको अथक मेहनत र प्रयासका साथ राष्ट्रिय वाणिज्य बैंकको काउण्टर अहिले स्थापना भई संचालनमा आएको छ । सिंजा गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो- 'सिंजा क्षेत्रका नागरिकले राजश्व कर तिर्नका लागि २/३ दिन लगाएर सदरमुकाम खलंगा पुग्नु पर्ने अवस्था थियो । अब त्यो दुखको बाध्यता हटेको छ । सिंजालगायत अन्य ठाउँका नागरिकलाई सेवालिन सहज भएको छ । बैंकलाई नि:शुल्क रुपमा कार्यालय व्यवस्थापनका लागि पालिकाको आधा मागको भवन दिएको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंकको मोवाइल बैङकिङ, एटिएम कार्ड रुपैयाँ झिक्ने बचत गर्नेलगायतका बैङकिङ सेवा लिन पाउने बैंकको काउण्टरले जनाएको छ । सिंजा काउण्टर सुरु भएको दिनमा ५० जनाले सेवा लिएको सिँजा काउण्टरका वरिष्ठ सहायक धुर्व कुमार वलीले बताउनुभयो । सिंजा काउण्टरबाट सेवाग्राही भएर खाता खोलेर चेक लिने पहिलो ग्राहक पालिकाका अध्यक्ष धिताल रहेको वाणिज्य बैंकको सिंजा काउण्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?