सुनिरा र अभिलाषा सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६-३ र ६-२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गर्नुभयो ।

प्रकृति श्रेष्ठ र शुभाङ्गीलक्ष्मी शाह पनि सेमिफाइनलमा पुग्नुभयो । ६-० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित हुनुभयो । शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६-४, २-६ र ६-२ ले हराउनुभयो ।

पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंगबहादुर थापालाई ६-१ र ६-२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७-५ र ७-५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३-६, ६-३ र ६-३, आयुशमान हजुर घलेले साहिल थापालाई ६-० र ६-१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६-० र ६-१, अभिषेक बाँस्तोलाले सक्षमविक्रम शाहलाई ६-० र ६-०, अकी जुवेन रावतले प्रितम परियारलाई ६-० र ६-२ तथा प्रणव खनालले सौगात विकलाई ६-० र ६-१ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यू-१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७-६ (२) र ६-४ तथा निश्चल ज्ञवालीले सुजन कुईकेललाई ६-३ र ६-३ ले पन्छ्याउँदै उपाधि भिडन्त पक्का गर्नुभयो ।

यू-९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुग्नुभयो । सो स्पर्धाको गल्र्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाउनुभयो । यू-१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गर्र्नुभयो । उक्त स्पर्धाको गल्र्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुग्नुभयो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल शाही, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले आ-आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्नुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?