कामना बैंकको १२.१२ कर्जा योजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकको कर्जाका लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणका लागि आवास कर्जा, साना तथा मझौला व्यवसायअन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

आवासीय घर निर्माणका लागि कर्जा लिँदा अधिकतम् ३० वर्षका लागि डेढ करोड सीमाभित्र रहने गरी धितो मूल्यांकित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था गरिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्यांकित रकमको ८० प्रतिशतसम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी विद्युतीय सवारीसाधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताउनुभयो । उहाँका अनुुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जा सम्पूर्ण कागजात पेश गरेको तीन दिनभित्रै स्वीकृत हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?