जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा सातवटा घरमा आगजनी

Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात वटा घरमा आगजनी गरेका छन् । सो गाउँपालिकाको वडा नम्बर ४ स्थित विभिन्न गाउँका सातवटा घरहरुमा आगजनी भएको वडाध्यक्ष टिकादत्त न्यौपानेले जानकारी दिनुभयो । वडाध्यक्ष न्यौपानेका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, डाँडाबाडामा कविदत्त न्यौपानेको घर, दलिबाडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीको घरमा अज्ञात समूहले आगो लगाउँदै हिडेको देखिन्छ।

धिता र देपालगाउँमा पनि यस्तो घटना भएको जानकारीमा आएको छ । सडकमा पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ। सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । आगो लागेका घरमा समयमै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुन बाट जोगिएका छन् ।

आगो लागेको कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाइएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । विभिन्न गाउँका घरहरुमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी घटना स्थलमै खटाइएका छौ । अहिले प्रहरी घटना स्थलमै छ। के कति क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको छ । प्रहरीलाई घटनाको जानकारी गएराती ११ बजे तिर आएको थियो ।

आगजनीबाट घरमा आंशिक क्षति भएका छन् । प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीको भनाइ छ । गुठीचौरमा दिनदिनै घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौति थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?