बिपी स्मृति दिवस : कांग्रेस रुपन्देहीद्वारा वृक्षारोपण

Read Time = 3 mins

-चन्द्रकान्त खनाल
रुपन्देही  । बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले वृक्षारोपण गरेको छ ।

जननायक बिपी कोईरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिवार तिलोत्तमा वडानं ११ को सुखौरा हरियालि सामुदायिक वन उपभोक्ता समुहको भवन स्थल,भूपु सैनिकमा बिरुवा रोपेर दिवस मनाएको छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश का संसद अब्दुल रज्जाकले बिपी कोईरालाको भौतीक शरिर नभएपनि उहाँको विचारले नेपाललाई डो¥याएको बताउनु भयो । बिपीलाई त्यत्तीकै महामानव नभनिएको भन्दै विश्व विकरण भएका बेला नयाँ विचार प्रतिपादन गरेर उहाँ विश्व माझ परिचित भएको बताउनु भयो।

कार्यक्रममा पार्टी पुर्वसभापति रामचन्द्र ढकालले बिपीलाई बर्षको एकदिन सम्झिएर मात्र नपुग्ने बताउनु भयो।

बर्षमा एक दिन सम्झने र अन्य दिन बिपीले देखाएको बाटो भन्दा विपरित गर्दै जाने हो भने उहाँको स्मरण गर्नु व्यर्थ जाने उहाँको भनाई छ । बिपीको विचारलाई आत्मसाथ गरेर अँघी नबढ्ने हो भने समाजबाट मानवता हराएर जाने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता लेखा समिति सदस्य भरतकुमार शाहल नेपाली कांग्रेसका महासमिति सदस्य बालकुमारी भण्डारी जिल्ला सभापती रामकृष्ढ खाण, तिलोत्तमा वडा नं ११ का सभापति तेजबहादुर कुँवर तिलोत्तमा नगरपालिका वडा नं ३ का बडा अध्यक्ष कल्याण पौडेल लगायतले बोल्दै बिपीको विचार भन्दा ठुलो अरु कुनै विचार नभएको, बिपीको त्याग भन्दा ठुलो अरु कुनै त्याग नभएको, बिपीको योगदान भन्दा ठुलो अरु कुनै योगदान नभएको बताउनु भयो ।

विपिले छोड्नु भएको विचार नै देश बनाउने मार्गचित्र भएको भन्दै उहाँको विचार छोड्दै जाँदा राष्ट्रले पनि प्रगती गर्न नसकेको बताउनु भयो।
उहाँको राजनीती जीवनसंगै साहित्यमा पनि ठुलो योगदान रहेको चर्चा गर्दै उहाँको मार्गचित्रमा हिड्न सक्नु नै जिवन सार्थक बन्नु रहेको उहाँहरुको भनाई थियो ।

कार्यक्रम जिल्ला सभापति रामकृष्ण खाँणको सभापतित्व र सचिव हरिप्रसाद काफ्लेको सञ्चालन र सचिव पर्मानन्द भट्टराईको स्वागतमा सम्पन्न भएको हो ।

४१ औं बिपी स्मृति दिवसको अवसरमा देश भरि वृक्षारोपण गरेर स्मृति मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?