स्किब्स बास्केटबलमा ६४ टिम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौँ स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता जनाउने भएका छन् । स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराउनुभयो ।

सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६-१६ तथा स्टाफमा ८ टिमले भाग लिए । खेल लिग कम नकआउट आधारमा हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतीले जानकारी दिनुभयो ।

सिनियर ब्वाइजमा त्रिज्योति, जुनियर ब्वाइजमा वसुन्धरा नेसनल एकेडेमी (बिएनए), सिनियर गल्र्समा निम्स तथा स्टाफमा महामञ्जुश्री डिफेन्डिङ च्याम्पियन छन् । दुईदिने प्रतियोगिताका खेलहरू वसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?