विन्दु परियार र राम कार्कीको स्वरमा ‘माइत रमाइलो’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माइत रमाइलो’ सार्वजनिक भएको छ । देवी पराजुलीको शब्द रचना रहेको गीतको भिडियो काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको हो ।

गीतकार पराजुलीकै सभापतित्व एवं समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा विशिष्ट अतिथिका रूपमा मधेशी आयोगकी सदस्य रेणुदेवी शाह, संविधानसभा सदस्य रिमा नेपाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार भेषराज अधिकारी, उपसचिव नवराज पाण्डे, गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइराला, कर्मचारी युनियनकी उपाध्यक्ष निर्मला शर्मा, साहित्यकार राजेन्द्र घिमिरे, गीतकार प्रकाश सुवेदी, गायिका सत्यकला राई, सिनेम्याटोग्राफर तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति थियो ।

गीतमा राम कार्कीको लय तथा संगीत संयोजन रहेको छ भने विन्दु परियार र राम कार्कीले स्वर दिनुभएको छ । गीतको मिक्सिङ कृष्ण पुनले गर्नुभएको छ । वल्र्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियोमा महेश महराको सिनेम्याटोग्राफी र मुकेश नेपालीको कोरियोग्राफी छ । भिडियोमा अनिशा न्यौपाने, परशु बस्नेतलगायत दर्जनौं महिलाहरूले आकर्षक अभिनय र नृत्य गरेका छन् ।
संगीतकार तथा गायक सुरेश शाहीले सहजीकरण गरेको सो समारोहमा गीतकार प्रकाश सुवेदीले गीत तथा भिडियोको समीक्षा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?