कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

गत मंगलबारदेखि सुरू भएको बैठक शनिबार एक दिनका लागि स्थगित गरिएको थियो । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ आफनो धारणा राखेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ। ।

उहाँका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ-आफ्ना धारणा राखिसक्नुभएको छ ।

आज बाँकी केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?