सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ : कमल थापा

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एअर फोर्स बनाउनु पर्नेमा जोड दिनुभएकाे छ ।

नेपाली सेनाको संख्या घटाउने बहस भइरहदाँ अध्यक्ष थापाले एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिनुभएकाे हाे ।

‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ उहाँले भन्नुभएकाे छ, ‘शान्ति सेना, राष्ट्र निर्माण र विपद न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?