सन्दीपको दोस्रो खेल आज

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछानेको टोली सर्रे जगुआर्सले सोमबार (आज) ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ । पहिलो खेल हारेको टोलीले यस खेलमा जित निकाल्दै अंक जोड्न चाहन्छ । यसअघि सर्रे जगुआर्स पहिलो खेलमा नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्ससँग पराजित भएको थियो ।

दीपेन्द्रको टोली मोन्टरिएलले सन्दीपको टोली सर्रेलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।

टोलीका लागि इफ्तिकार अहमदले ४४ बलमा ४० रन जोड्नुभएको थियो । त्यस्तै, ओमानका जतिन्दर सिंहले १५ बलमा २७ रन जोड्नुभयो । सकिब अल हसनले चार ओभरमा १८ रन खर्चेर ३ विकेट लिनुभयो ।

जवाफमा मोन्टरिएलले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो । दिपेन्द्रले २२ बलमा दुई चौकासहित २८ रन जोड्नुभयो । दिलप्रित सिंहले ३१ बलमा एक छक्कासहित २८ रन नै जोड्नुभयो । उहाँ खेलको प्लेयर अफ द म्याच बन्नुभएको थियो ।

त्यसअघि क्रिस लिनले १५ बलमा २२ रन र सकिब अल हसनले १३ बलमा २६ रन जोड्नुभयो । कार्लोस ब्रेथवेटले ६ बलमा दुई छक्कासहित नटआउट १४ रन जोड्नुभयो । सन्दीपले ४ ओभरमा १७ रन खर्चेर दुई विकेट लिनुभयो । उहाँले सकिब अल हसन र दीपेन्द्रको विकेट हात पार्नुभएको थियो ।

यता अपराजित ब्रैम्प्टनको भने यो तेस्रो खेल हो । यसअघि लगातार दुई खेलमा जित हात पारेको उसले यस खेलमा सर्रेलाई पराजित गर्दै लगातार तेस्रो खेलमा जित हात पार्ने योजना बनाएको छ ।

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, इफ्तिखार अहमदलगायतका खेलाडी रहनुभएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?