भारतलाई हराउँदै पाकिस्तानलाई उपाधि

Read Time = 3 mins

कोलम्बो । भारत ‘ए’ लाई पराजित गर्दै पाकिस्तान ‘ए’ ले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ । कोलम्बोमा सम्पन्न फाइनलमा भारत ‘ए’ माथि १२८ रनको सानदार जित निकाल्दै पाकिस्तानले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

जितका लागि पाकिस्तानले दिएको ३५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा सबै विकेट गुमाएर २२४ रनमा समेटियो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित ६१ रन बनाउनुभयो । यस्तै, अर्का ओपनर साई सुदर्शन २८ बलमा ४ चौकासहित २९ रनमा आउट हुनुभयो ।

भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्नुभएको थियो । भारतका कप्तान यश धुलले ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुव जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट हुनुभयो ।

पाकिस्तानका लागि सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर ३, अर्सद इकवाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिनुभयो । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रनको विशाल योगफल तयार गरेको थियो । पाकिस्तानका लागि तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १०८ रनको सानदार शतकीय पारी खेल्नुभयो ।

पाकिस्तानका दुई युवा ओपनर सैइम अयुब र शहिबजादा फहरानले १७.२ ओभरमा १२१ रनको शतकीय ओपनिङ साझेदारी गर्नुभएको थियो । अयुबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाउनुभयो । यस्तै, फहरानले ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन थप्नुभयो । त्यसबाहेक ओमैर युसुफले ३५ बलमा ४ चौकासहित ३५ जोड्नुभयो ।

भारतका राजवर्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिनुभयो । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिनुभयो । योसँगै पाकिस्तानले समूह चरणमा भारतसँग हारको बदला पनि लिएको छ । समूह चरणमा पाकिस्तान भारतसँग आठ विकेटले पराजित भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?