कांग्रेसको रूपान्तरण र पुस्तान्तरण

Read Time = 12 mins

✍️ ओम आचार्य

नेपाली कांग्रेसमा अहिले पुस्तान्तरण र रूपान्तरणको बहस चलिरहेछ । यो बहसमा संस्थापन र संस्थापन इतरबीचकै द्वन्द्वको रूप लिन थालेको छ । संस्थापन इतरले पार्टी सभापति शेरबहादुर देउवाप्रति यो लक्षित भएको आरोप लगाएको छ । यो आरोपमात्रै होइन इतर पक्षबाटै ‘कांग्रेसमा संसदीय दलको नेता फेर्नुपर्छ, पूर्वप्रधानमन्त्री भइसकेकालाई पुनः प्रधानमन्त्री हुन नदिने’ जस्ता अभिव्यक्तिले पनि संस्थापनको भनाइलाई पुष्टि गर्छ । इतर पक्षबाटै पनि ‘हाम्रो दुस्मनी शेरबहादुरसँग छैन र अरू कसैसँग छैन व्यक्ति विशेषसँग यो अभियान लक्षित छैन’ भन्दै विधि विपरीत चलेको पार्टीसँग हो र यसको सुरक्षासँग उभिनेसँग हामी पार्टीपद्धति, पार्टी नियमानुसार अगाडि बड्दै जाँदा त्यो भोलि व्यक्तिसँग भिड्नुपर्ने हुन्छ भनेका छन् ।

अहिले यो पुस्तान्तरण र रूपान्तरणको कुरा त्यसै उठेको भने छैन । विगतको निर्वाचनदेखि अहिलेसम्म पार्टीको स्थितिले र पार्टी सञ्चालन गर्नेको सोचविचार र अभियानले ल्याएको हो । पार्टीले न त नियमानुसार केन्द्रीय समितिको बैठक डाक्न सकेको छ न त मातहतमा भ्रातृ संगठनहरूको गठन गर्न सकेको छ । जनतामा पार्टीप्रति निराशा र वितृष्णा बढ्दै गएको छ । यसैको परिणाम नयाँ पार्टीहरू जन्मदै आएका छन् र आफूलाई स्थापित गर्ने प्रयत्नशील छन् । कांग्रेसको अवस्था यही रहने हो भने नयाँ पाटीहरू कांग्रेसकै समकक्षी हुन बेर छैन ।

कांग्रेसभित्र एकल नेतृत्वको परिणाम र सभापतिले आफ्नो अनुकूल निर्णय गर्दै जानुले पनि यस्तो परिस्थिति सिर्जना हुँदै गएको हो । यिनै विकृतिहरूको जगमा हुर्केको कांग्रेसभित्र संस्थापन इतरले पुस्तान्तरण र रूपान्तरणको कुरा उठाएका हुन् ।

पुस्तान्तरण :
पुस्तान्तरण आफैंमा राम्रो शब्द हो र यो शब्द आफैंमा जडताको विरुद्ध लक्षित छ । जब आफूभन्दा अघिल्लो पुस्तामा जडता आउँछ । जब क्रिया शक्तिहीन हुन्छ । मष्तिष्क जब तेज हुँदैन । आँखा भएर पनि दृष्टि मधुरो हुन थाल्छ । जब दाँत फुक्लिएर बोली प्रष्ट हुँदैन र हिँड्दा खुट्टा लरबरिन थाल्छन् त्यस्तो अवस्थामा अरू सदस्यले पुस्तान्तरणको कुरा उठाउँछन् । यो अत्यन्त जायज छ । अत्यन्त अनिवार्य छ । यसमा विलम्ब हुँदा कांग्रेसको छवि अन्य दलका अगाडि हाँस्यपद, खिल्ली र उपहासको विषय बन्न सक्छ ।

यत्रो इतिहास बोकेको पार्टी, लोकतन्त्रको लडाइँमा सधैं अगाडि रहेको कांग्रेस जसले अन्य दललाई पनि लोकतन्त्रमा अग्रसर गरायो । आज तिनै पार्टीहरू जो कांग्रेसलाई लोकतन्त्रको गुरु मान्थे, जसले लोकतन्त्रको प्रेरणास्रोत र लोकतन्त्रको मुहान मन्थे तिनै दलका अगाडि कांग्रेस निरिह देखिँदैछ ।

त्यतिमात्र होइन यत्रो इतिहास बोकेको पार्टी, लोकतन्त्रको लडाइँमा सधैं अगाडि रहेको कांग्रेस जसले अन्य दललाई पनि लोकतन्त्रमा अग्रसर गरायो । आज तिनै पार्टीहरू जसले कांग्रेसलाई लोकतन्त्रको गुरु मान्थे, जसले लोकतन्त्रको प्रेरणास्रोत र लोकतन्त्रको मुहान मन्थे तिनै दलका अगाडि कांग्रेस निरिह देखिँदैछ र पछि पर्दैछ ।

कांग्रेसको मूल सिद्धान्त लोकतन्त्र, समाजवाद, राष्ट्रियता जस्ता कुराहरूमा गणतन्त्रको स्थापनापछि विमुख बन्दै गइरहेको छ । यसमा विमुख भएकै कारण मुलुकमा सुशासन दिन र हुनसकेको छैन । सुशासन लोकतन्त्रको पहिलो सर्त हो । भ्रष्टाचार चरम अवस्थामा छ । यी सबै कुरामा कांग्रेस सरकारमा हुँदा पनि र नरहँदा मौनता साँधेको छ । यिनै कुरामा जनता कांग्रेससँग निराश भएका छन् । कांग्रेसको मुख ताक्न छोडेर विकल्पमा अन्य दल रोज्न थालेका छन् । यसैको नतिजा हो संसदमा अन्य दलको दरो उपस्थिति छ ।

गणतन्त्र आएपछि के कांग्रेसको आफ्नो दायित्व सकिएको हो ? कांग्रेसको कर्तव्य सकिएको हो ? यिनै प्रश्नहरूको उत्तर पुस्तान्तरण हो भनिएको छ । संस्थापन इतरबाट उठाइएको यो पुस्तान्तरणले वास्तवमै कांग्रेसमा पुस्तान्तरण गरेर नै विश्राम लिन्छ कि बीचमै तुहिन्छ ? कांग्रेसमा यस्ता विचार बीच-बीचमा आउने गरेका छन् र गन्तव्यमा नपुगी फर्केका छन् । यो पुस्तान्तरणको अहिले जसरी कुरा आएको छ । जसरी यसको व्याख्या र विश्लेषण गरिएको छ त्यसले धेरै संसय पैदा गर्छ । जहाँ संसय हुन्छ त्यहाँ विश्वास, निष्ठा हुँदैन, जहाँ संसय हुन्छ त्यहाँ भ्रम हुन्छ र त्यस्तो अवस्थामा पुस्तान्तरणले कार्यसिद्धिमा सफलता पाउँदैन ।

कारण पुस्तान्तरणभित्र यसको व्याख्या र विश्लेषण गर्नेहरूले नीतिका कुरा उठाउन विधिका कुरा उठाउँन दादागिरी, डनजस्तै भाषामा पुस्तान्तरणको कुरा गर्दा भोलि यसमा पनि कार्यकर्ता र जनतामा अन्योल तथा द्विविधा हुन जान्छ अनि कार्यसिद्धिमा असफलता देखिन्छ । कांग्रेसभित्र अर्को कुरा अनुशासनहीनता बढ्दै गएको छ, अराजक हुँदै गएको छ । यो अराजक पार्टीभित्र शीर्ष नेतादेखि कार्यकर्तासम्म देखिएको र भोगिएको अनुभव पार्टीपंक्तिमा छ । यिनै कुरामा परिवर्तन ल्याउँदै पार्टीलाई परिमार्जित गर्नु पुस्तान्तरण जरुरी छ । तर, पुस्तान्तरणभित्र कसरी अगाडि बढ्ने, सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने, सार्वजनिक सभासमारोमा के कुरा राख्ने यसमा पुस्तान्तरणभित्रको अगुवाइ गर्नेले पुस्तान्तरणभित्र साझा सहमति साझा एजेण्डा लिएर प्रस्तुत हुनुपर्ने देखिएको छ ।

रूपान्तरण यहीँबाट सुरु हुनुपर्छ यसका लागि प्रथम त पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म रूपान्तरणको कल्पना गर्न सकिँदैन । अहिले भइरहेको नेतृत्व र यसभन्दा पूर्वको नेतृत्वले पनि रूपान्तरणको आवश्यकता देखेनन् र देख्दैनन् पनि ।

पुस्तान्तरणभित्र अहिले ‘दादागिरी मै हुँ’ भन्ने घमण्ड र अहंकार देखाउनु हुँदैन । पार्टीभित्र पदीय जिम्मेवारीमा कोही ठूला कोही साना अवश्यै छन् तर पुस्तान्तरण अभियानलाई यो आन्दोलनलाई सफल बनाउने हो भने पुस्तान्तरणभित्र यो भेद हटाउनु पहिलो अनिवार्य सर्त हो । पुस्तान्तणभित्र भेदविरुद्धको लडाइँ हो, भेदकै विरुद्ध पुस्तान्तरणको लडाइँ हो । यो सफल भए कांग्रेस सफल हुन्छ ।

रूपान्तरण :
हिजोको कांग्रेसले आजको राजनीतिमा आफूलाई रूपान्तरित गर्नै पर्छ । २००७ सालको राजनीति र त्यो अवस्थाको नेपाल छैन । आज नेपालको राजनीति गणतन्त्रमा प्रवेश गरिसकेको छ । तीन तहको राज्य व्यवस्था छ । सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्था २००७ को जस्तो छैन । राणाकालमा स्थापना भएको कांग्रेस अझै पनि पार्टीभित्र राणाकालीन चरित्र, सोच विचार जीवन्त छ । त्यही भएर पार्टीभित्र राणाकालीन हैकम छ, जरसाहेबको जस्तो हुकुम र तामेली देखिइरहेको छ ।

रूपान्तरण यहीँबाट सुरु हुनुपर्छ यसका लागि प्रथम त पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म रूपान्तरणको कल्पना गर्न सकिँदैन । अहिले भइरहेको नेतृत्व र यसभन्दा पूर्वको नेतृत्वले पनि रूपान्तरणको आवश्यकता देखेनन् र देख्दैनन् पनि । जब रूपान्तरणको आवस्यकता देख्छन् तब यिनीहरू बहिर्गमन हुनैपर्छ । त्यही भएर सत्तामा केन्द्रित पुस्ता रूपान्तरणलाई शत्रु ठान्छन्, वर्गशत्रु ठान्छन् ।

पुस्तान्तरणभित्र पनि ऊर्जावान, गतिमान, मतिवान, विचारवान हुनैपर्छ र उसले कांग्रेस राम्ररी बुझेको र कांग्रेसमा रुजेको हुनुपर्छ । त्यस्तो व्यक्तिको पुस्तान्तरणबाट आगमन भएमा समय सापेक्ष कांग्रेसलाई अगाडि बढाउन सक्छ । समयमानुकूल राजनीतिमा कांग्रेसलाई उभ्याउन सक्छ र राणाकालीन विचार नीति र विधिमा आमूल परिवर्तन गरी चलाउन सक्छ । तबमात्र कांग्रेसको साख जीवित रहन्छ । जनविश्वास बढ्छ । पार्टी पंक्तिमा पनि गर्वले ‘म कांग्रेस मेरो कांग्रेस’ को भावना जागृत हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?