यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा कारोबार भएको गरिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्रीदर १० रूपैयाँ २४ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९ रुपैयाँमा कारोबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?