म्याग्दीमा सवारी कारवाहीबाट रु ७३ लाख राजश्व संकलन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीमा गत आर्थिक वर्ष २०७९/०८०मा सवारी कारबाहीबाट रु ७३ लाख राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट रु ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको हो । आर्थिक बर्ष २०७९÷०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।

गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाधनमा मान्छे बोक्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने ट्रक/टिपर, बस, कार जिप, ट्याक्टर, मोटरसाईकल लगायतका सवारीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो समय सवारीको बढ्दो चापसंगै ट्राफिक नियम उल्लंघन गर्ने संख्या पनि बढी रहेको निरीक्षक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “विगत बर्षभन्दा राजश्व संकलन बृद्धि आएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई एकहजारदेखि पाँच हजारसम्म जरिवाना शुल्क लगाईन्छ ।”

सवारी कारबाहीबाट गत बर्षको साउनमा चार लाख ११ हजार पाँचसय, भदौमा ४ लाख १० हजार पाँचसय, असोजमा ६ लाख एकहजार पाँचसय, कात्तिकमा ६ लाख ९९ हजार ५००सय, मंसिरमा ६ लाख दूई हजार, पौषमा ४ लाख ९४ हजार पाँचसय, राजश्व संकलन गरेको थियो ।
यसैगरी माघमा चार लाख, ४४ हजार पाँचसय, फागुनमा पाँच लाख ५२ हजार, चैतमा ७ लाख ३४ हजार पाँचसय, बैशाखमा ७ लाख ४७ हजार पाँचसय, जेठमा नौँलाख २८ हजार र असारमा ७ लाख एक हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले उल्लेख गरेका छन् ।

आर्थिक बर्ष २०७८/०७९ मा नौँ हजार ४५० सवारी कारबाहीबाट ६३ लाख ९१ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको थियो । गतबर्षमा १३ वटा सवारी दुर्घटना हुदाँ चार जना मृत्यु भएको थियो भने १६ जना घाईते भएको थिए । त्यस्तै आर्थिक बर्ष २०७८/०७९ मा १८ वटा सवारीसाधन दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?