सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता छ : सांसद केसी

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले केही दिन अघि मात्रै समातिएको सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता रहेको बताउनुभएको हो । यो प्रकरणमा भन्सारका सिमित कर्मचारीहरुको मात्रै संलग्नता नभएको उहाँले बताउनु भयो । उहाँले नेपालजस्तो गरिब देशमा तस्करी र भ्रष्टाचार गर्नु जनताको झुपडीमाथिको डकैती भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो जस्तो गरिब देशमा हुने तस्करी र भ्रष्टाचार भनेको यो देशको गरिब जनताको झुपडीमाथिको डकैती हो । सर्वसाधारण जनता एउटा मोबाइल ल्याउनुपर्दाखेरी, दुई तोला सुन ल्याउँदाखेरी एक्सरे गरेर पेटसम्म पनि हेरेर भन्सार निकाल्ने अहिले एक क्विन्टल सुन ल्याउँदा कसरी चुपचाप लागेर बसेको छ ? यो खालि भन्सारका केही कर्मचारीको मिलेमतो मात्र होइन, यो राजनीतिक रुपबाट उच्चस्तरिय संलग्नताबाट भएको हो । यसको जसोसम्म पुगेर, यसको वास्तविकता छानबिन गरेर जनसमक्ष ल्याउनुपर्छ । गृह मन्त्रालय अन्तर्गतको विमानस्थलको सुरक्षा अंग र अर्थ मन्त्रालय अन्तर्गतको भन्सार दुईवटैको प्रमुख त्यो दिन नहुनु संयोग मात्रै हो कि मिलेमतोबाट भएको हो भन्नेकुरा त पछि थाहा होला नि ।’

उहाँले सुन तस्करी भएको दिन विमानस्थलको सुरक्षा अंग र भन्सारको प्रमुख नहुनुले आशंका जन्माउको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?