गौरिकाको अर्को कीर्तिमान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)की चार स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२औँ साग गेम्समा राखेको ३१.८७ सेकेण्डको समयमा सुधार गर्दै ३१.४४ सेकेण्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखिसक्नुभएको छ ।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपको बुधबार भएको पुरुषतर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ । एलेक्सले पुरानो समय ५२.९६ सेकेण्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राख्नुभएको हो । एलेक्सले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेण्ड समयको कीर्तिमान राख्नुभएको थियो ।

यसअघि मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेण्ड समयमा दूरी पूरा गर्नुभएको थियो । यसअघि डुवानाको व्यक्तिगत समय २ मिनेट १५.०१ रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेण्डको समय रहेको छ ।

यसै प्रतियोगितामा यसअघि गौरिका र नासिरले नयाँ कीर्तिमान कायम गरिसक्नुभएको छ । गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ६.८० सेकेण्ड समयमा दूरी पूरा गर्दै कीर्तिमान कायम राख्नुभएको थियो । त्यसअघि उहाँको नाममा १ मिनेट ७.३१ सेकेण्ड समयको रेकर्ड थियो । उहाँले उक्त रेकर्ड भारतको गुवाहाटीमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुदमा कायम गर्नुभएको थियो ।

यस्तै, नासिरले २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.२६ सेकेण्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले उक्त कीर्तिमान ११औँ एनएसए कप च्याम्पियनसिपमा राख्नुभएको थियो ।

अब नेपाली खेलाडीहरूको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?