श्रीलंकामा पुराना यात्रुबाहक बस पुनः प्रयोगमा ल्याइने

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको सरकारी स्वामित्वको श्रीलंका यातायात बोर्डका पूराना भई हटाइएका १७५ वटा बस पुनः प्रयोगका लागि मर्मत गरिएको छ । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी)ले जारी गरेको विज्ञप्तिमा बस पुनः प्रयोगका लागि मर्मत गरिएकोबारे जानकारी गराइएको हो ।

विभागले भनेको छ, ‘यी बसहरू देशको आयात प्रतिबन्धको परिणामस्वरूप स्पेयर पार्ट्सको कमीका कारण सेवाबाट हटाइएको थियो ।’
करिब ३० करोड श्रीलंकाली रुपैयाँ अर्थात् नौ लाख १२ हजार अमेरिकी डलरको लागतमा १७५ वटा बस सञ्चालनमा ल्याइएको पीएमडीले जनाएको छ ।

पूराना बसमध्ये १५ वटा विद्यालयका साना बालबालिकाको सुविधाका लागि प्रयोग गरिने र अन्य बस सार्वजनिक यातायातको यात्रुहरूको यातायात आवश्यकताहरू पूरा गर्न सम्बन्धित बस डिपोहरूलाई हस्तान्तरण गरिनेछ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?