सरुलाई द नेशनल डिजाइनर रनवेको उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रनवे ‘द नेशनल डिजाइनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको उपाधि आइआइएफटी नेपाल कलेजकी सरु सुवेदीले जित्नुभएको छ । मोडल संग्स नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नमुना कलेजकी रफिना महर्जनले फष्र्ट रनरअप हुनुभयो ।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धीरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक रहनुभएको थियो ।

उत्कृष्ट मोडलहरूको उत्साहजनक प्रस्तुतिमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छड्न सफल रहेको आयोजक संस्थाकी अध्यक्ष स्वस्ती दंगालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?