मेची करिडोरको निर्माणकार्य सुस्त गतिमा, कालोपत्रे सडकमा यात्रा गर्ने इलामेलीको सपना अधुरै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने ठानिएको मेची करिडोरको निर्माणकार्य सुस्त गतिमा मात्र अघि बढेको छ । निर्माणकार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेट समेत निकाशा नहुँदा आयोजना कहिले पूरा हुने हो भन्ने अन्यौल थपिएको छ ।

मेची राजमार्ग भएर इलाम सदरमुकामवाट झापाको व्यापारिक केन्द्र विर्तामोड पुुग्न ७० वटा भन्दा बढि गोलाई छिचोल्दै ८३ किलोमिटर पार गर्नुपर्ने बाध्यता छ । तराई संग सम्बन्ध गासिएको द्रुतमार्ग मानिएको करिडोरको इलाम विर्तामोड खण्डको जम्मा दुरि ४८ किलो मिटर छ । इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिव १२ कलिोमिटर खण्ड कालेपत्रे भइसकेको छ भने वाँकी २० किलोमिटर क्षेत्रको ठेक्का लागेर काम भइरहे पनि ढिलो भएकाले छोटो समयमा सहज गरि झापा झर्ने स्थानीयको चाहना तत्काल पूरा हुने अवस्था नदेखिएको इलाम सोयाकका बिक्रम कटुवालको भनाई छ ।

२०२१ सालमा नै झापाको शनिश्चरे हुँदै मोटर इलाम आएको यो सडक मेची राजमार्ग खुल्नु अघि पैदल झापा झर्ने एक मात्र विकल्प रहेको इलाम नगरपालिका वडा न ९ का स्थानीय सन्तमान तामाङको भनाई छ। तामाङकाअनुसार यो सडक निर्माणभए पश्चात् पहाड र तराईको दुरि छोटिने छ ,जस्ले गर्दा आउजाउ गर्न सहज हुने छ ।

करिडोरको विभिन्न खण्डमा काम भइरहेको छ । कठिन भूगोल रहेको मेची राजमार्गमा पर्ने भञ्ज्याङ चोक देखि बेलासेसम्मको झण्डै १० किलोमिटर खण्डको काम ३५ प्रतिशत मात्र भएको डिभिजन सडक कार्यालय इलामको भनाई छ । कोभिडका कारण भएको लकडाउन र पर्याप्त बजेट नआउदा काममा ढिलाई भएको डिभिजन सडक कार्यालय इलामका इन्जिनियर राजेश यादवको भनाई छ ।

नेपालकै होचो भू-भाग केचनाकवलदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा जोड्ने निर्माणाधिन सडकको दुरी १ सय ९० किलोमिटर छ । साविक मेचीका इलाम, झापा, पाँचथर र ताप्लेजङका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने यो सडक निर्माणकार्य चाँडो पूरा भए आवागमनमा सहजतासँगै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि उल्लेख्य प्रगति हुने निश्चित छ ।

इलाम चलायमान हुने आशामा नागरिक

पहाडी जिल्ला इलाम सुगम जिल्लाकै रुपमा परिचित छ । सुगमको परिचय कमाएको जिल्लामा स्वास्थलगायत अन्य सेवा सुबिधाका हिसाबमा अत्यन्तै पछाडी परेका इलामवासीलाई द्रूत मार्ग निर्माणले केही सहजता थप्नेमा ढुक्क देखिन्छ्न् ।

खाद्यान्न र निर्माण सामग्रीको ढुवानी र स्वास्थ्योपचारका लागि अझै पनि इलामले तराईकै भर पर्नु परिरहेको छ। द्रूत मार्गको निर्माणले यस्तो स्थितिको अन्त्य गरिदिने आशामा रहेका छन इलामेली । राज्य पुनःसंरचनापछि स्थानीय तहबाट नै गाउँ गाउँमा काम हुन थालेपछि सदरमुकामसमेत रहेको इलाम बजार सुनसान बन्दै गएको धेरैको गुनासो रहेको छ ।

इलाम नगरपालिका-९ को भञ्ज्याङ, राकसे हुँदै बेलासे पुग्ने दश किलोमिटर लामो नयाँ ट्र्याक खुलेसँगै इलाम बजारबाट झापा पुग्न हिउँदमा आधा दूरी घटेको भएपनी बर्खामा सोयाक इलाम बजार जोड्ने पुवाखोलामा पुल नहुदा यो सडक ठप्प हुने गरेको छ । मेची राजमार्गबाट बिर्तामोड पुग्न तीन घण्टा समय लाग्नेमा मेची करिडोरबाट आधा समयमै बिर्तामोड पुगिने भएपछि स्थानीयवासी खुशी छन् । बिरामी हुँदा पनि चाँडो तराई पुग्न सकिने भएपछि यहाँका स्थानीय बासिन्दामा खुशी छाएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?