कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको हाजिरीमा रातो मसी

कार्यालय नआउने र कार्यालय छोड्ने कर्मचारीको हाजिरी फाइलमा रातो मसी लगाइँदै ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिना जानकारी कार्यालय नआउने र कार्यालय छोड्ने कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाई दिएको छ ।

बिहीबार बिहान १०ः४५ बजे नगरप्रमुख तीर्थराज भट्टराईले छड्के अनुगमन गरेर बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाउन निर्देशन दिएपछि प्रशासन शाखा सहायक जानुका श्रेष्ठले चारजना कर्मचारीको हाजिरीमा रातो मसी लगाई दिनुभयाे ।

आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैठौं रामप्रसाद आचार्यको चारदिन, लेखापाल नवराज रिजालको आजकै एकदिन र अमिन सुमन कुमार देवको सात दिनको हाजिरी फाइलमा रातो मसी लगाईएको हो । मेयरको कार्यकक्षमा हाजिरी फायल चेक गर्दै रातो मसी लगाईएको थियो ।

कार्यालयको नियमन र नियमित ढंगबाट चलाउनका लागि बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको प्रशासन शाखाबाट रातो मसी लगाइएको मेयर भट्टराईले बताउनुभयाे ।

मेयर भट्टराईले कर्मचारीलाई भेला गराएर समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिंदै विदामा बस्नु परे तथा बाहिर जाँदा केके गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सुझाव दिनुभएकाे छ । कर्मचारी बेलैमा कार्यालय नआउने, कार्यालय समयमा समेत कर्मचारी नभेटिने गुनासोपछि छड्के गर्नुपरेको उहाँले बताउनुभयाे । अब नियमित छड्के गर्ने मेयर भट्टराईकाे भनाइ छ ।

पछि निर्णय गरेर केही गर्ने शर्तमा मेयर भट्टराईले करारका कर्मचारीलाई पनि हाजिर गराउन निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?