एन्फाको केन्द्रीय कार्यसमिति बैठक आहृवान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघले केन्द्रीय कार्यसमितिको बैठक आहृवान गरेको छ । महासचिव किरण राईले ११ वटा एजेण्डा प्रस्तुत गर्दै कार्यसमितिको बैठक आहृवान गर्नुभएको हो । बैठक साउन १९ गते शुक्रबार एन्फा कम्प्लेक्समा बिहान ११ बजे बस्नेछ ।

साफ यू-१९ च्याम्पियनसिपको आयोजनासँगै जिल्ला लिग, बी र सी डिभिजन लिग, महिला लिगलगायतका एजेण्डा तय भएका छन् ।

कार्यसमिति बैठकमा कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने, महिला फ्रेन्चाइज लिग सञ्चालनको अधिकार, फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइट्सको स्वीकृतिलगायत विषयमा पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?