कवि अधिकारीको ‘बिरिमफुल’

बद्रीप्रसाद दाहाल
Read Time = 16 mins

कविता विधाको लघुतम रूपको काया मुुक्तक हो । नेपाली बृहत् शब्दकोशको मतमा : पूर्वीय काव्यशास्त्र अनुुसार समासरहित गद्य, कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता भनी अथ्र्याएको छ । अग्निपुराणदेखि पूूर्वीय संस्कृत वाङ्मयका काव्यचार्यहरूले पनि मुुक्तकबारे विशद चर्चापरिचर्चा नगरेका होइनन् । अभिनव गुुप्त, भामह, दण्डी, रुद्रट, वाणभट्ट प्रभृतिले यसबारे सटिक विश्लेषण गरेका छन् । आचार्य दण्डीका शब्दमा : ‘मुुक्तकं श्लोक एवैकश्चमत्कारः क्षमः सताम्’ अर्थात् एउटै श्लोकबाट पाठकका अन्तर्हृदयमा चमत्कार सिर्जना गर्ने क्षमतावान् रचना नै मुुक्तक हो’ ।

नेपाली समालोचनाका विशिष्ट विवेचक वासुदेव त्रिपाठीका शब्द सापटी लिएर भन्नुुपर्दा : ‘संक्षिप्त, चुुड्किलो, सूूत्रात्मक र मितव्ययी भावकथन हो मुक्तक’ । संस्कृत साहित्यका मनीषीहरूले मुुक्तकका प्रकार श्लोक संख्याका आधारमा गरेका छन् । उनीहरूले एक श्लोकेलाई मात्र मुुक्तकको नाम दिएका छन् भने दुुई श्लोकदेखि पाँच श्लोकसम्मलाई क्रमशः ‘सान्दानिक वा युुग्म, विशेषक वा निक्षेपक, कलापक र कुलक’ भनेर वर्गीकरण गरेका छन् । मूूलतः मुक्तक चतुुस्पदी कायाको हुन्छ । जसमा उठान, समर्थन, मुुक्त हरफ र अन्त्यमा चोट दिने हरफहरू पर्दछन् ।

कवि तीर्थराजका चोटिला, पोटिला, खिरिला र भरिला मुुक्तकहरूले कतै कर्मवादी र पौरखी बन्ने आहृवान् गरेका छन् भने कतै जीवनको परिभाषा गर्दै सन्तोष, समभाव, परोपकार र परमार्थमा विवेकको उदधि नै उभ्याइदिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको करप्रणालीलाई थप्पड कस्न पछि परेका छैनन् ।

आजको संक्षिप्त चर्चा कविवर तीर्थराज अधिकारीको मुुक्तकसंग्रह ‘बिरिमफुल’ बनेको हुँदा मेरो भनाइ अब त्यतातिर सोझ्याउँदै छु । ‘बिरिमफुल’ भन्नाले साधारण मालाकार पात र वरिपरि कालो रङ हुने वनस्पतिलाई जनाउँछ भने अर्को अर्थमा डल्लो डल्लो खालको पोटिलो बास्नादार एक जातको धान वा त्यसैको चामल भन्ने पनि लाग्छ । मुुक्तककार कविले यसलाई चिनाउन स्वयं मुखपृष्ठमा धानको बालाको छायाँ–छविलाई नै सुन्दर ढंगले उभ्याउनुु भएको छ भने बिरिमफुल मुक्तकसंग्रहको ८६औँ पेजमा यी चतुस्पदी लहर यसरी प्रकट गर्नुभएको छ ।
बिरिमफुल धानको चामलको
यात्रामा छुटेको मनपर्ने सामलको
बारम्बार याद आइरन्छ मलाई
बाल्यकालमा सँगै खेल्ने दामलको ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले आजभन्दा आठ वर्षअघि प्रकाशन गरेको जसको सम्पादन असफल गौतमले गर्नुभएको छ । प्रकाशन सहयोगीमा सीता अधिकारी र आवरण साजसज्जाकलामा रमेश पौडेलले भूमिका निभाएका छन् । एकसय अठ्ठाईस पेजमा आबद्ध श्वेतकृष्ण छायाँ–छवि मुुक्तकैपिछे सजाएर मुक्तकको आसय अझ सशक्त र मूूर्त बनाउने प्रयास भएको देखिन्छ । किन्तुु मुुक्तकैपिछे रंगिन चित्रहरू सजाइदिएको भए सुनमा सुुगन्धजस्तै र उत्तिकै अक्षिमधुर हुन्थ्यो कि? भन्ने पाठकहरूको मनोभाव भनेमनग्गे भेट्टाइयो । एक सय एक चतुुस्पदी मुुक्तकमध्येबाट प्रतिनिधित्वको रूपमा केही मुक्तकलाई उभ्याएर अधिकारीको मुक्तक लेखन र सिर्जनात्मक मेधावारे सारांशात्मक रूपमा उत्खनन गर्नु विवेचकीय धर्म हो । वर्तमान मानवप्रवृत्तिमाथि कसिला, झरिला र भरिला शब्दमा कति तिख्खर अभिव्यक्ति:-
कुुँडिएको मनलाई खै कसरी सन्तोष दिलाउँछ मान्छे
दिलमिलोस् नमिलोस् तर पनि हात मिलाउँछ मान्छे
कतिसम्म कुटिल मनहरू जन्मेका छन् यो लोकमा
आपूm सर्वत खाई अरूलाई जहर पिलाउँछ मान्छे ।
समसामयिक वर्तमानमा मानव मनोभाव कसरी विषाक्त हुँदै गएको छ भन्ने कुुरूप तस्वीरको चित्रण छ यहाँ । त्यस्तै चरालाई माध्यम बनाएर अभिनूूतन विश्वदशालाई आनुुप्रासिकतामा चोटिला लहरहरू बहर भएर डुुक्रिएका छन्:-
आकाशमा उडुुँ भने कावा खाइरहेको चिल छ
जमिनमा उडुुँ भने हावा चलिरहेको झिल छ
कहाँ उडुुँ कहाँ बसुुँ खै कहाँ गुुँड लगाऊँ ?
हरेक ठाउँमा दुुष्ट सिकारीको मञ्जील छ ।
चिल, झिल र मञ्जील शब्दहरूको मिठासले शाब्दिक चमत्कृतिमात्र नथपेर भावमा पनि नवीन रीतिलाई उपस्थापन गरेको छ । देशप्रेम, राष्ट्रभक्ति, विद्रोह, दिक्दारी, चिन्ता, चिन्तन, महाभूूकम्पको त्रासदी, राष्ट्रिय एकताको अपेक्षा, सत्यतथ्यमा आधारित हुँदै सुन्दर सुुझाब एवं सुलह, सन्देशमूलकता, अलंकार बिम्ब र प्रतीहरूको घनत्व, मिथकीय प्रयोग तथा लक्षणा व्यञ्जनाको अभिव्यक्ति मुक्तकका विशेषता बनेका छन् । कतिपय अधिकारीका मुक्तक मुक्तकको कसीमा कसिँदा कसिँदै अलि फितला भएका हुन् कि भन्ने भान पाठकमाझ आभास पनि हुनसक्छ ।

त्यसैले त कवि अधिकारीले आफ्नो भूूमिकाखण्डको भावाभिव्यक्तिमा साहससाथ बोलेका छन् ‘आफ्नो अन्तरात्माले जुन विषयवस्तु, विचार र घटना देखेँ त्यही बहरूपी दर्पण पाठकसमक्ष साझा गरेको छु । यो त मानवताको उच्चतम मूल्य स्थापित गर्ने कोसिसमात्र हो । लेखनको शिष्टता, सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ । शब्द र अर्थबीचको भाव नै मुक्तक हो’ । यी मननीय भनाइभित्र सर्जकको ब्रहृमनिनाद अपूूर्व ढंगमा पोखिएको छ । दिक्कवाक्कलाग्दो र वैराग्य छुुट्लाजस्तो समसामयिक राजनीतिक परिवेशमाथि मुक्तकको यो कोर्रा उपमामा रनन्न रन्किएर कसरी अभिव्यक्तिको मिसाइल चलाउँन सफल भएको छ :-
व्यस्त होटेलको जुठो थालजस्तो
बाह्रमासे जुवाडेको खालजस्तो
सम्झँदै वाक्क लाग्न थालेछ राजनीति मलाई
जरो आएको बखत खाएको दालजस्तो ।।
चतुुष्पदी मुुक्तकको अर्को वायव्यास्त्र रूपक र उत्प्रेक्षामा बेरिँदै कति सटिक शल्यक्रिया गर्न सामथ्र्य राख्छन् उदाहरणका लागि:-
राम्ररी नपिँधिएको चोकरजस्ता
घरायसी काम गर्ने नोकरजस्ता
बाटो देखाउने अगुवा नै उस्तै छन्
हेर्दैमा हाँसोलाग्दा जोकरजस्ता ।
यसै गरी कवि तीर्थराजका चोटिला, पोटिला, खिरिला र भरिला मुुक्तकहरूले कतै कर्मवादी र पौरखी बन्ने आहृवान् गरेका छन् भने कतै जीवनको परिभाषा गर्दै सन्तोष, समभाव, परोपकार र परमार्थमा विवेकको उदधि नै उभ्याइदिएका छन् । संघीय लोकतन्त्रको बिल्ला लगाएको बिरूप गणतन्त्रको करप्रणालीलाई थप्पड कस्दै मुक्तककार नांगेझार बनाउँछन् :-
एउटा तारको पुल छ
स्कुल जानेको हुल छ
सित्तैमा तर्न कहाँ पाउने र ?
त्यसमा पनि महसुुल छ ।
अधिकारीले विसंगत पत्रकारिता, प्राज्ञिकहरूको दिबालियापन, समकालीन सिर्जनाहरूमा हराउँदै गएको गुरुत्व, बौद्धिकजनको अर्थपूूर्ण सक्रियताको आमन्त्रणा अदिलाई मूूल मुद्दा बनाएर आफ्ना मुक्तकको उचाइलाई सुुरक्षित गराएका छन् । वास्तवमा तीर्थजीका मुुक्तक संक्षिप्त भएर पनि आफैंमा पूर्ण छन् भने खिरिलो, कसिलो, चोटिलो हुँदै हृदय र मस्तिष्कलाई झंकार तथा झड्का दिने खालका छन् । तीर्थका एक सय एक चतुुष्पदीसित साक्षात्कार हुँदै मुुक्तकमर्मज्ञ चेतन कार्की भन्छन-मुुक्तकका माध्यमबाट झटारो हान्ने तीर्थराज एउटा कुशल मुक्तककार भनाउने अधिकारी हुुनुुहुुन्छ’ ।

छात्रजीवनदेखि नै रचनात्मक र सिर्जनात्मक सुकार्यमा तल्लीन अधिकारीका उत्साह जागिरे जीवनमा पनि अझ प्रौढ बनेर प्राज्ञिक अभ्यासमा अनुदित भइरहे । विभिन्न जिल्लामा राष्ट्रसेवकीय भूमिका निर्वाह गर्दा तीर्थजी सामाजिक जागरण र बौद्धिक उन्नयनका क्रियाकलापमा आफूलाई अब्बल पात्र बनाउन पछि परेनन् ।

अर्का विज्ञ कृष्ण भण्डारी मुमुुक्षुु यसरी टिप्पणी गर्छन्- ‘तीर्थजी पाण्डित्य बखान र आलंकारिक लालित्यभन्दा तितो अनुुभूूति स्वाभाविकता र यथार्थलाई संवरण गर्न प्रिय मान्नुुहुुन्छ’ । भूमिकाकार होमनाथ सुवेदीका सुकोमल शब्दहरूमा:- तीर्थका मुुक्तकहरू बिम्बले सहजता र ग्रहणीय बनाएका छन् भने इन्द्रिय बिम्ब, मिथकीय बिम्ब र सूूक्तिमयताले उनको प्रतिभालाई कलात्मक चमत्कार दिएका छन् । यस क्रममा उनले यी दुुई उदाहरण प्रस्तुत गरर तीर्थका काव्यतीर्थको पर्दा मसिनो ढंगले उघारिदिएका छन् :-
ऊ सर्पजस्तो दुलो खोजेर पस्दैन
परजीवी भएर त कहिल्यै बस्दै बस्दैन
आफ्नै पखेटाको सामथ्र्यले उड्ने कुनै पक्षी
टेकेका डाली भाँचिदैमा भुुइँमा खस्दै खस्दैन ।
उनी न देवता वा देवी हुन्
नियमित सोमरससेवी हुन्
कौरव र पाण्डवका साझा गुरु ती
द्रोण नै पहिलो टेष्टट्युुब बेबी हुन् ।
विसं २००३ कात्तिक ३० गते लमजुुङको दुराडाँडामा माता रुक्मिणा अधिकारी र पिता नारायणदत्तका कोखलाई सफल बनाउँदै धराधामको यात्रामा आएका कविवर तीर्थराज अधिकारी राजनीतिशास्त्रको विद्यार्थी भएर पनि काव्यशास्त्रका विशिष्ट प्रतिभाको रूपमा संस्थापित छन् । छात्रजीवनदेखि नै रचनात्मक र सिर्जनात्मक सुकार्यमा तल्लीन हुन रुचिकर ठान्ने उनको हुटहुटी र उत्साह जागिरे जीवनमा अझ प्रौढ बनेर प्राज्ञिक अभ्यासमा अनुदित भइरहे । विभिन्न जिल्लामा राष्ट्रसेवकीय भूमिका निर्वाह गर्दा तीर्थजी सामाजिक जागरण र बौद्धिक उन्नयनका क्रियाकलापमा आफूलाई अब्बल पात्र बनाउन पछि परेनन् ।

उहाँको धादिङ जिल्लाको बसाइँ पनि सिर्जना संसारको उज्यालो र न्यानो कर्मले दीप्त बन्न गएको संझना छ । पुस्तकालय खोल्ने, वाचनालयमा रमण गर्ने, साहित्यिक संगोष्ठी र छलफलमा समाहित हुने, वांमयप्रधान पत्रपत्रिकाहरूको प्रकाशन, कविकलाकारका प्रतिमा सालिक र स्मारक वाटिका बनाउन हातेमालो गर्ने उनको स्वभावमा गीताको ‘कर्मण्येवाधिकारस्ते माफलेषुु कदाचन, को उद्बोधन सल्बलाइरहन्थ्यो ।

उनी केवल जागीरे कर्मचारीमात्र नभएर प्राज्ञिक गुदीलाई फिँजाउन, जन्माउन र अन्माउन प्रतिभा, अभ्यास र व्युुत्पत्तिमा सबैलाई रमण गराउने हुटहुटीले जोस निकाल्थे । विनम्र, सहअस्तित्ववादी र उत्तरार्ध वयमा पनि उत्तिकै अक्षरखेतीमा संलग्न तीर्थ हाल मुुक्तक साहित्यका उज्वल ताराको रूपमा चमचमाइरहेका छन् । अझै उनबाट हामी सारपूूर्ण काव्यकृतिको अपेक्षा गरिरहेकै छौं । बिरिमफुुल वास्तवमा मनभोग, राजभोग र सुुवासिला अन्य धानभन्दा विशिष्ट काव्य फसलको रूपमा नेपाली साहित्यको भकारीमा सुुगन्ध छरेर बसेको छ । अस्तु ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कल्याण पन्त
कल्याण पन्त
2023-07-29 6:00 pm

पढें । लेखाइ स्वादिला छन्। मुक्तकमणिका मुक्तकहरु जीवन्त छन् ।

Bhoj Neupane
Bhoj Neupane
2023-12-09 6:51 pm

Comprehensive narration of the author ‘s feelings and meanings in the anthology.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?