विमानभित्र यौन उत्पिडन गरेको आरोपमा प्राध्यापक पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । दिल्लीबाट मुम्बई जाँदै गरेको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन् ।

उक्त प्रोफेसरमाथि २४ वर्षीया डाक्टर महिला यात्रुलाई फ्लाइटमा दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसपछि उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

द इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार यो मामिला इन्डिगो एयरलाइन्सको उडानसँग सम्बन्धित छ । प्रहरीले आरोपी प्रोफेसर रोहित श्रीवास्तवलाई न्यायिक हिरासतमा पठाएको र पछि जमानतमा रिहा भएको जनाएको छ ।

नगर प्रहरीका अनुसार पटना निवासी रोहित श्रीवास्तव र डाक्टरको सिट सँगै थियो । बुधबार दिल्लीबाट बिहान ५ः३० बजे उडान मुम्बईको लागि प्रस्थान गरेको थियो । विमान मुम्बईमा अवतरण हुन लागेको केही समयअघि आरोपीले महिलासँग यस्तो कार्य गरेका थिए । प्रहरीले यात्राको क्रममा श्रीवास्तवले आफूलाई अनुपयुक्त रूपमा छोएको उजुरीकर्ताले आरोप लगाएकी छिन् ।

त्यसपछि दुई यात्रुबीच झगडा सुरु भयो । झगडा चर्किएपछि बिमान टोलीका कर्मचारी त्यहाँ पुगे र झगडा मिलाउने प्रयास गरे । उडान अवतरण पछि अधिकारीहरूले दुवैलाई नगर प्रहरी चौकीमा लगे, जहाँ आरोपी विरुद्ध एफआईआर दर्ता गरियो र डाक्टरको बयान पनि रेकर्ड गरियो।

लिसले भने कि श्रीवास्तव विरुद्ध आईपीसीको धारा ३५४ र ३५४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एफआईआर दर्ता गरेपछि आरोपीलाई पक्राउ गरिएको अधिकारीले बताए । त्यसपछि अभियुक्तलाई अदालतमा पेश गरी न्यायिक हिरासतमा पठाइएको थियो । तर, अहिले आरोपीले जमानत पाएका छन् । यो घटनामा इन्डिगोको तर्फबाट भने कुनै बयान आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?