वेष्टइण्डिजमाथि भारतको सहज जित

Read Time = 2 mins

जमैका । भारतले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा घरेलु टोली वेष्टइण्डिजमाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितका लागि ११५ रनको झिनो विजयी लक्ष्य पछ्याएको भारतले २२.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको जितमा ओपनर ईशान किशनले ४६ बलमा ७ चौका र १ छक्कासहित ५२ रन जोड्नुभयो । त्यसबाहेक ओपनर शुभमन गिल ७, सूर्यकुमार यादव १९, हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा १६, शार्दुल ठाकुर १ र रोहित शर्मा १२ रन बनाउनुभयो । वेस्टइन्डिजका गुडाकेश मोतीले ६.५ ओभरमा २६ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २३ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमात्रै जोड्न सकेको थियो । वेष्टइण्डिजका कप्तान शाई होपले ४५ बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाउनुभयो । ओपनर ब्रेन्डन किंग १७, कायल मेयर्स २, एलिक उथानाजेले २२, शिम्रन हेटमायर ११, रोभम्यान पावेल ४ र रोमारियो शेफर्ड शून्यमा आउट हुनुभयो ।

भारतका स्पिनर कुलदीप यादवले ३ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिनुभयो । त्यस्तै रविन्द्र जडेजाले तीन, हार्दिक पाण्ड्या, मुकेश कुमार र शार्दुल ठाकुरले समान एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?