डुवानाद्वारा व्यक्तिगत समयमा सुधार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जापानको फुकुओकामा जारी २०औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालकी डुवाना लामाले आफ्नो व्यक्तिगत समयमा सुधार गर्नुभएको छ । टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार १०० मिटर फ्रिस्टायल लामाले १ मिनट १.९३ सेकेण्ड समयका साथ पूरा गर्नुभएको थियो । यस विधामा उनको व्यक्तिगत समय १ मिनट २.०४ सेकेण्डको समय रहेको थियो ।

यसअघि गौरिका सिंह र नासिर हुसेनेले यसै प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो । महिलातर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी चार स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै कीर्तिमान कायम राख्नुभएको हो । यसअघि उहाँको नाममा १ मिनेट ७.३१ सेकेण्ड समयको रेकर्ड थियो । उहाँले उक्त रेकर्ड भारतको गुवाहटीमा आयोजना भएको १२औं दक्षिण एशियाली खेलकुदमा कायम गर्नुभएको थियो ।

यस्तै नासिर याहृया हुसेनले पनि आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कायम राख्नुभएको छ । २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेण्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाउँनुभएको हो । यसअघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले उक्त कीर्तिमान ११औं एनएसए कप च्याम्पियनसिपमा राख्नुभएको थियो । नासिरले यसअघि च्याम्पियनसिपमा ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेण्ड समयमा दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।

जापानको फुकुओका शहरमा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरसहित गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह र डुवाना लामाले प्रतिस्पर्धा गरिरहनुभएको छ । टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा संजय शाह रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?