नेतृ सुकीलाई कारागारबाट सारियो

Read Time = 2 mins

यांगुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेशनल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार नेतृ सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो । उहाँले तल्लो सदनका सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गर्नुभएको छ । उहाँले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्याण्डका विदेशमन्त्रीले उहाँसँग भेटवार्ता गरेका थिए ।

म्यान्मामा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ ।

निर्वाचित नेतृ सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

हिरासतमा रहनुभएकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उहाँमाथि भ्रष्टाचार, गैरकानुनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेको लगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?