क्लासिक टेकको १४ औँ वार्षिकोत्सव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले १४औैँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले हाल देशभरिका ७४ जिल्लामा सयभन्दा बढी आउटलेटमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले ग्राहकको सुविधाका लागि आफ्नै सिडिएन सर्भर जडान गरी फेसबुक, युट्युब, नेटफ्लिक्स, गुगल, अकमाईलगायतका सामाजिक सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले विराटनगर र काठमाडौंमा डाटा ब्याकअप सेन्टर स्थापना गरेको छ । त्यसैगरी कम्पनीको सेवा विस्तारमार्फत् दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । वाार्षिकोत्सवका अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबिपिएस इन्टरनेट प्लान छुटमा वितरण गरिरहेको पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?