पुस्तक : ‘संघर्षशील आवाजहरू’ नजिर मियाँको आत्मबृत्तान्त

सुशीला घिमिरे
Read Time = 10 mins

अहिले मेरा हातमा भएको पुस्तक हो ‘संघर्षशील आवाजहरू’ । यो आत्मबृतान्तको पुस्तक हो । यो माननीय जनिर मियाँको आत्मबृतान्त हो । यस पुस्तकलाई अलिक भिन्न मानेर हेर्न सकिन्छ । मैले यसलाई केही दृष्किोण अगाडि सारेर पृथक कोणबाट हेर्ने प्रयास गरेकी छु । एकजना मुस्लिम राजनीतिज्ञको जीवनीको पुस्तक भएकै कारणले पनि यसलाई फरक खालको पुस्तक मानेकी हुँ । सम्भवतः नेपालमा अरू कुनै मुस्लिमहरूको यस प्रकारको आत्मबृतान्तको पुस्तक प्रकाशित भएको नहुन सक्छ ।

उहाँ हाजी हुनुहुन्छ । हज गरेर आएको मुसलमान हाजी हुन्छ । नजिर मियाँ संविधानसभा सदस्य भइसक्नुभएको व्यक्ति हुनुहुन्छ भने नेकपा एमालेको केन्द्रीय समिति र नेपाल मुस्लिम इस्तेहादमा रहेर उहाँले काम गरिसक्नुभएको छ । यो आत्मबृतान्त उहाँकै हो । हाल समकालीन लेखनमा आत्मबृतान्त धेरै लेखिन्छ । यो जीवनी केन्द्रित हुन्छ । आख्यान होइन तर कुनै निश्चित एकजना व्यक्तिको बारेमा पढ्न पाइन्छ । जनिर मियाँको आत्मबृतान्तको यो पुस्तक डिएमआई साइजमा आकर्षक रूपमा प्रकाशित भएको छ । २०७९ साल फागुनमा प्रकाशित भएको यो पुस्तक एक हजारप्रति छापिएको छ ।

‘पृष्ठ आवरणमा उहाँको पूर्ण कदको फोटो छ । दौरासुरुवाल, इस्टकोट, कोट, कालोटोपी लगाएको यस तस्वीरले उहाँलाई एकजना सच्चा नेपालीको परिचय दिइरहेको छ । यही पृष्ठमा उहाँको भनाइका साथै उहाँको नाम, जन्ममिति तथा जन्म स्थान पनि दिइएको छ ।

डा.बालचन्द्र मिश्रले सम्पादन गर्नुभएको यस पुस्तकको प्रकाशक अस्गर अली रहनुभएको छ भने सर्वाधिकार लेखक स्वयंमै रहेको छ । भूमिका खण्डमा ३६ र पाठ्य खण्डमा चार सय गरी जम्मा ४३६ पृष्ठ रहेको यस पुस्तकको मूल्य पाँच (५००) ैयाँ राखिएको छ । पहेंलो तौलयुक्त कागजमा छापिएको पुस्तकको छपाइ स्तरीय छ भने अशुद्धि फाट्टफुद्द भेटिन्छन् । यसको लेआउट र आवरण एमएस माउसले तयार गरेको छ । आवरण आकर्षक छ ।

माथि सुनौला अक्षरमा पुस्तकको नाम ‘संघर्षशील आवाजहरू’ भनिएको छ र ती ठूला अक्षरसँगै कोष्ठकमा साना अक्षरमा ‘आत्मबृतान्त’ भनिएको छ । बीचमा फिक्का नीलो र सेतो जस्तो रङको पृष्ठभूमि छ, त्यहाँ हाजी नजिर मियाँको आकर्षक फोटो राखिएको छ । फोटामा उहाँले दौरासुरुवाल चश्मा र कालो भादगाउँले डोरीवाले टोपी लगाउनुभएको छ । यसबाट उहाँको नेपाल राष्ट्रप्रतिको समर्पणभाव देखिन आउँछ । पुस्तकको तल दायाँ कुनातिर साना अक्षरमा उहाँको नाम ‘हाजी माननीय नजिर मियाँ’ भनेर राखिएको छ र सँगै कोष्ठकमा साना अक्षरमा ‘संविधानसभा सदस्य’ भनिएको छ ।

पृष्ठ आवरणमा उहाँको पूर्ण कदको फोटो छ । दौरासुरुवाल, इस्टकोट, कोट, कालोटोपी लगाएको यस तस्वीरले उहाँलाई एकजना सच्चा नेपालीको परिचय दिइरहेको छ । यही पृष्ठमा उहाँको भनाइका साथै उहाँको नाम, जन्ममिति तथा जन्मस्थान दिइएको छ । जसबाट उहाँको जन्म २००८ साल माघ १५ गते अर्घाखाँची लिल्लाको पाली (अर्भोका) मा भएको जानकारी पाइन्छ ।

यस पुस्तकको भूमिका खण्डमा समर्पण, नेकपा एकालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको ‘शुभकामना एक अञ्जुली पूmलपाती बोकेर नजिर मियाँको दैलोमा चिहाउँदा’, मोदनाथ प्रश्रितको ‘शुभकार्यका लागि शुभकामना’, नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीको ‘एक अविश्रान्त योद्धाको प्रेरणदायी जीवन’, नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माको असल कम्युनिष्टहरूका लागि एउटा नजिर हुनुहुन्थ्यो नजिर मियाँ’, नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय सराज अहमद फारुकीको मुस्लिम समुदायका एक संघर्षशील व्यक्तित्वलाई शुभकामना’, इस्लामिक संघ नेपालका पूर्वअध्यक्ष तथा नेपाल डेभलपमेन्ट सोसाइटीका वर्तमान अध्यक्ष नजरुल हसनको ‘मैले बुझेको नजिर मियाँलाई शुभकामनाका दुई शब्द’ तथा आत्मबृतान्तकार मियाँको ‘लेखकको भनाइ’ रहेका छन् ।

त्यसपछि विषयसूची र त्यसपछि पाठ्यखण्डलाई विभिन्न खण्डमा प्रस्तुत गरिएको छ । प्रत्येक खण्डमा नजिर मियाँको पूर्णपृष्ठको फोटो राखिएको छ । खण्ड ‘क’मा ‘मेरो परिवार : मेरो समाज’ मूल शीर्षक छ र यसअन्तर्गत विभिन्न सात उपशीर्षकमा उहाँको परिवार र समाजका बारेमा बताइएको छ । यहाँ उहाँको बाल्यकाल शिक्षादीक्षा, आर्थिक अवस्था, स्वास्थ्य र मुस्लिम चाडपर्वका सम्बन्धमा बताइएको छ । खण्ड ‘ख’ मा ‘राजनीति र म’ मूलशीर्षक अन्तर्गत विभिन्न १० उपशीर्षकमा उहाँको रजनीतिक जीवनका विविध पाटालाई केलाइएको छ ।

मधेसी समुदाय र कम्युनिष्ट विचारकाहरूले दौरासुरुवाललाई सम्मान गर्न नसकिरहेकोमा हालका दिनमा तिनले पश्चातापसहित दौरासुरुवाल स्वीकार्न थालेका छन् । नजिर मियाँले नेपालको राष्ट्रिय पोशाक लाएर खिचेको फोटो यस पुस्तकको आवरणमा र पृष्ठआवरणमा राखेको सन्दर्भलाई सामान्य मान्नु हुँदैन ।

यसैगरी खण्ड ‘ग’ मा ‘मुस्लिम जागरण र अधिकारका लागि’ मूलशीर्षक अन्तर्गत दुई उपशीर्षक तथा त्यसअन्तर्गतका विभिन्न सहायक शीर्षकअन्तर्गत मुस्लिम जागरणमा उहाँको संलग्नताका कुरा प्रस्तुत भएका छन् । खण्ड ‘घ’ मा यात्रा अनुभव र सिकाइ शीर्षक छ । यहाँ दुई उपशीर्षक र विदेश भ्रमणमा बंगलादेश, भारत, पाकिस्तान, टर्की र साउदी अरेबियाको भ्रमण बारे चर्चा गरिएको छ । खण्ड ‘ङ’ मा ‘मेरो भोगाइ : मेरो बुझाइ’ मूलशीर्षकअन्तर्गत विभिन्न १७ वटा उपशीर्षकमा आफ्ना अनुभव छन् ।

खण्ड ‘च’ मा भने ‘परिशिष्टहरू’ दिइएको छ । यस शीर्षकअन्तर्गतका उपशीर्षक वा परिशिष्टमा मुस्लिम हक–हित र जागरणसम्बन्धी अभिलेख समावेश गर्नुभएको छ । पुस्तकको अन्तिमका केही पृष्ठमा उहाँ, उहाँको परिवार, साथीभाइ, इस्टमित्रसम्बन्धी फोटा राखिएका छन् । यो एकजना मुस्लिम राजनीतिज्ञको आत्मबृतान्तको पुस्तक हो । यो सम्भवतः मुस्लिममध्ये नेपालको पहिलो आत्मबृतान्तको पुस्तक हुन पनि सक्छ । यस अर्थमा यसलाई विशेष दृष्किोणले हेर्नै पर्छ । उहाँको दौरासुरुवालको पहिरनले त विभिन्न पहाडे समुदायका राजनीतिज्ञ, मन्त्री तथा प्रधानमन्त्रीहरूले समेत उपेक्षाभावले हेरेको नेपालको राष्ट्रिय पोशाकलाई उहाँले सम्मान गरेको अर्थमा लिन सकिन्छ ।

मधेसी समुदाय र कम्युनिष्ट विचारकाले दौरासुरुवाललाई सम्मान गर्न नसकिरहेकोमा हालका दिनमा तिनले पश्चातापसहित दौरासुरुवाल स्वीकार्न थालेका छन् । नजिर मियाँले नेपालको राष्ट्रिय पोशाक लाएर खिचेको फोटो पुस्तकको आवरणमा र पृष्ठआवरणमा राखेको सन्दर्भलाई सामान्य मान्नु हुँदैन । उहाँको यस कार्यले पोखराका लोकसाहित्यकार दिवंगत अलिमियाँको सम्झानासमेत ताजा गराएको छ । यसरी यो पुस्तकलाई यस रूपमा ल्याउने नजिर मियाँलाई धन्यवाद । यस पुस्तकको सफलताको शुभकामना । उहाँबाट यस्ता अन्य विविध विषयका पुस्तक फेरि फेरि पनि आउनु आवश्यक र अपेक्षित छ, हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?