प्रदेश सांसदसहितको सहभागितामा बृक्षरोपण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस भोजपुरका सभापति बिनोद बान्तवाको समेतको सहभागितामा भोजपुर नगरपालिका- ५, पिप्लेमा बृक्षरोपण गरिएको छ ।

४१ औँ वीपी स्मृति दिवसको सप्तव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार नेपाली कांग्रेस भोजपुरको आयोजनामा बृक्षरोपण कार्यक्रम गरिएको नेपाल तरुण दल भोजपुृरका अध्यक्ष ज्योती पौडेलले जानकारी दिनुभयो ।

बिभिन्न जातका एक सय बिरुवा रोपिएको हो भने गत बर्ष रोपिएका डेढ सय बिरुवाको गोडमेल समेत गरिएको पौडेलले बताउनुभयो ।

बृक्षरोपण कार्यक्रममा सांसद बान्तवा सहित पार्टीका नेता कार्यकर्ता, सुभेच्छुक तथा भातृ संघ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बिभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहब्यापीरुपमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा मनाइएको स्मृति दिवस पनि बृक्षरोपण सहित सकिएको भोजपुर कांग्रेसले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?