सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नु आबश्यक : काग्रेस नेता पौडेल

हिमालय टाइम्स
Read Time = 3 mins

रुपन्देही । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले आज बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताउनु भयो । उहाँले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने समेत बताउनु भयो ।

फरक प्रसङ्गमा नेता पौडेलले संघियतालाई बलियो बनाउनका लागि सांसदहरूको संख्या घटाउनु पर्ने बताउनु भयो । हालै सम्पन्न कांग्रेस केन्द्रिय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै पौडेलले संघिय संसद्को संख्या घटाएर २०१ सदस्यीय बनाउने र सोहीअनुसार प्रदेश सभामा समेत संख्या घटाउनु पर्ने उल्लेख गर्नु भयो । घटाइएको संख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृतलगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने पौडेलको भनाई छ ।

यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उहाँको भनाई छ । सांसद समेत रहनु भएका पौडेलले पुँजीगत खर्च भन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताउनु भयो। विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उहाँले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गर्नु भयो ।

यसको नियन्त्रणका लागि पनि संसदको संख्या घटाउनु पर्नेमा जोड दिनु भयो । पौडेलले नेपाली कांग्रेस केन्द्रीय समितिले बैठकमा भएको लाइभ अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण बुटबल उपमहानगरपालिका मेयर खेलराज पान्डे, नेपाली काँग्रेसका नेता एवंं देबदह नगरपालिकाका पुर्ब मेयर हिरा केसी, प्रजापाल गिरी, प्रेस युनियनका निर्बतमान अध्यक्ष रेखा भुसाललगायतको सहभागी रहेको पत्रकार सम्मेलनको अध्यक्षता प्रेस युनिय रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल र संञ्चाल सचिब कपिल ज्ञवालीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?