हिमा गाउँपालिकाद्वारा तीन सय घरधुरीमा खानेपानीको धारा निर्माण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाद्धारा पालिका भित्रका तीन सय ७६ घरधुरीमा खानेपानीको घरघरमा धारा निर्माण गरेको छ । सो गाउँपालिकाको वडा नं.१ स्थित बड्की गाउँका १६६ घरधुरी,वडा नंं ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा निर्माण भएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका, फिनल्याड सरकार, र युरोपियन यूनियनको सहयोगमा संचालन भईरहेको सवैलागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तरगत तिनै गाउका सवै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शाहीले प्रयाप्त खानेपानी नागरिक संवैधानिक अधिकार समेत भएकाले सो अभियान अन्तरगत यस बर्ष हिमाको बड्की, बाजागाडा र डाडाबाडामा खानेपानी पुग्नु निकै राम्रो उपलब्धी भएकाले सहयोग गर्ने नेपाल सरकार स्थानीवासी, सहयोगी दातृ निकायलाई विशेष धन्यवाद दिनुभयो ।

उपाध्यक्ष सुपर्ना शाहीले खानेपानी जनताको घरमा पुरयाउने लक्ष्य शुरुवात भएकाले यस अभियानमा सहयोग गर्ने सवै निकायलाई धन्यवाद दिनुभयो । घरघरमा खानेपानी पुगेपछि टाढा गएर पानीमा लामो समय विताउने दिन गएका भन्दै स्थानीयले धन्यवाद दिनुभयो । उपभोक्ता समितका अध्यक्ष पुरहादुर शाहीले खानेपानी अभावमा चिन्ता बढिरहेको समयमा सरकारले, हिमा गाउँपालिकाले, दातृ निकायले योजना बनाएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बड्कीका सवैघरधुरीमा खानेपानी पुरयाउन अन्य सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।

बड्की गाउँका सवैघरधुरीमा खानेपानी पुर्याउनका लागि स्थानीयको अगुवाईमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना शुरु गरिएकोञ थियो । जसमा अनुमानित रु एक करोड १२ लाख ६८ हजार ५९ रुपैया ३८ पैसा मध्य रु एक करोड ११ लाख ६६ हजार १९७.७ रुपैया खर्च भएको छ । को लागतमा सम्पन्न भएको वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बड्की गाउँमा १६१ घरधुरीका ९६७ जनसंख्या लाभान्वित भएका छन् । जसमा फोहोर फाल्ने खाडल २९ घरधुरीमा, हातधुने स्थान ११० घरधुरीमा, भाडा सुकाउने चाङ १०५ वटा निर्माण गरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?