काठमाडौं । अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएको परीक्षाको कपि हराएको विषयमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ ।
प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही कहिले सम्म ? जिम्मेवार को ? र किन ? भन्ने विषयमा गरिएको सडक बहस अनेरास्ववियुका अध्यक्ष समिक बडाल, उपाध्यक्ष गोविन्द गिरि लगायतका अन्य नेताहरुको उपस्थितिमा केन्द्रिय शैक्षिक विभागको आयोजनामा भएको कार्यक्रम सम्मन्न भएको हो ।
अनेरास्ववियुको शैक्षिक विभागले त्रिविका उपकुलपति, परिक्षा नियन्त्रक लगायतलाई पनि बहसमा बोलाएको थियो । तर, उहाँहरु जवाफ दिन उपस्थित नभएपछि बहस प्रदर्शन हुँदै कोणसभामा मोडिएको थियो ।
कार्यक्रमा सहभागि विद्यार्थीहरुले त्रिविको ढिलासुस्ती कहिले सम्म रु, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, १६८ वटा कपि खोई जस्ता नाराहरु लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष समिक बडालले त्रिविका कर्मचारी समस्या देखि कतिदिन लुकेर र भागेर बस्ने भन्दै अनेरास्ववियु यसैगरि जफावविहिन भएर भागेर बसे अझैं ठूलो रचनात्मक आन्दोलनको बाटो अपनाउने बताउनुभयो ।
'आज हामीले यहाँ उपकुलपतिलगायतका कर्मचारीसँग जवाफ माग्ने भनेका थियौं । तर उहाँहरुको उपस्थिति भएन । हामी उहाँहरुलाई चुनौतिका साथ भन्न चाहान्छौं । यसरी जवाफविहिन भएर भागि हिड्ने हो भने आज हामीले सांकेतिक कुर्सी राखेर कार्यक्रम गरिरहेका छौं । तपाईंहरु बसेको कुर्सीबाट तपाईंहरुलाई सडकमा ल्याउन सक्ने ल्याकत अनेरास्ववियुसँग छ । यो चेतना तपाईंहरुलाई होस्' उहाँले भन्नुभयो ।
त्यस्तै कोणसभामा आफ्नो भनाइ राख्दै उपाध्यक्ष गोविन्द गिरीले वर्षेनि त्रिविको लापरबाहीका कारण परीक्षा लिइसकेको कपी हराउने र विद्यार्थीलाई पुनस् परीक्षा दिन लगाउने परिपाटी बन्द हुनुपर्ने भन्दै त्रिविको ध्यानाकर्षण गराउनुभएको थियो ।
'विश्व एआईको जमनामा फड्को मारिसके पनि त्रिवि अहिले पनि पुरानै सिलेबमा अड्को छ । यो विद्यार्थीका लागि उपयोगि हुन सक्दैन यसमा त्रिविले ध्यान दिन जरुरी छ । ' उहाँले भन्नुभयो ।
त्यस्तै शैक्षिक विभाग प्रमुख गोविन्द थपलियाले यस विषयमा त्रिविका कर्मचारी यस आन्दोलनबाट पनि नसुध्रिए देशैभर अझ शसक्त आन्दोलन गर्ने बताउँदै शैक्षिक र विद्यार्थीका मुद्दामा जिम्मेवार र व्यवहारीक बन्न त्रिविका कर्मचारीको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय कोड नं ४२२ र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय कोड नं ४१२ का उत्तरपुस्तिका हराएपछि चैत २१ गते पुनः परीक्षा लिने भएको छ ।
त्रिविले सूचना जारी गर्दै हराएका उत्तरपुस्तिकाहरुको नयाँ परीक्षा लिन लागेको जानकारी गराएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय एक उच्चस्तरीय समिति गठन समेत गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच